Ideapreneur Gyan > 

बुक विल्डिंग प्रक्रिया : अब बुझौ सहजै

बुक विल्डिंग प्रक्रिया : अब बुझौ सहजै

Stock Market

logo

Ideapreneur Nepal

Created on : 

2023-11-30

Download our app for a smooth experiencePlay store imageApp stoer image

Total Views:

95 views

Featured Image

सर्वोत्तम सिमेन्टको आईपीओ बुक विल्डिंग प्रक्रियामार्फत जारी हुदै छ । यस संगै नेपालमा बुक विल्डिंग प्रक्रियामार्फत आईपीओ जारी हुने कामको सुरुवात भएको मान्न सकिन्छ र पहिलो पटक भएर नै होला यस आईपीओमा लगानीकर्ताको भारी  मात्रमा आकर्षण  देख्न सकिन्छ । तर यो विधि के हो र यस अनुसार आईपीओको मूल्य निर्धारण कसरी गरिन्छ भन्ने बारे लगानीकर्तामाझ अन्योलता छाएको छ ।

यो अन्योलतालाई सुल्झाउदै, बुक विल्डिंग प्रक्रियाबारे सम्पूर्ण कुरा यस लेखमा समावेश गरिएको छ । सर्वप्रथम त्, साधारण भाषामा बुक बिल्डिङ्ग भनेको के हो बुझौ है ।

बुक विल्डिंग प्रक्रिया 

यस प्रक्रियामा खास गरी आईपीओ जारी गर्नु पुर्वनै, कम्पनीले जारी गर्दै गरेको आईपीओको सहि मूल्य निर्धारण गर्ने गरिन्छ । मूल्य निर्धारण प्रक्रियाका रुपमा काम गर्ने भएकाले, यस विधिले कुनै पनि आईपीओको सहि मूल्य पत्ता लगाउन मद्दत पुराउनुका साथै दुवै संस्थागत तथा सर्वसाधरण लगानीकर्ताको सहभागिता हुने कुरालाई सुनिश्चित गर्छ । नेपाल धितोपत्र बोर्डद्वारा जारी गरिएको बुक विल्डिंग निर्देशिका,२०७७ का अनुसार बुक विल्डिंग प्रक्रियालाई धितोपत्रको आईपीओ मूल्य निर्धारण प्रक्रिया भनेर बुझ्नु पर्छ ।

यस प्रक्रियामा, आईपीओ जारी गर्न लागेको कम्पनीले निस्कासन तथा बिक्री प्रबन्धकसंग सम्झौता गर्दछ। कम्पनीले बिक्री प्रबन्धकसँग परामर्श गरी प्रारम्भिक विवरण तयार गर्दछ र संस्थागत लगानीकर्ताहरूलाई बोलपत्र पेश गर्न आमन्त्रण गर्दछ। यस विधिमा, सेयरको निश्चित मूल्य तोकिनुको सट्टा निर्दिष्ट मूल्य दायरा भित्र रहेर प्रक्रियाबद रुपमा मूल्य निर्धारण हुने गर्दछ । उदाहरणका लागि, सर्वोत्तम सिमेन्टले आईपीओको मूल्य  रु. ४०१ - ६०१.५० हुने गरी योग्य संस्थागत लगानीकर्ताहरूलाई (QIIs) बोलपत्र पेश गर्नका लागि आह्वान गरेको छ । 

बुक विल्डिंग प्रक्रियामा लागु हुने मुख्य शब्दावली

कुनै पनि प्रक्रिया बुझ्नु अघि, प्रक्रियामा प्रायः आउने मुख्य शब्दावली जान्न महत्त्वपूर्ण हुन्छ त्यसकारण यस प्रक्रियामा प्रयोग हुने शब्दावली जस्तै आधार मूल्य, अधिकतम मूल्य, फ्लोर मूल्य, कट-अफ मूल्य बारे बुझौ । 

आधार मूल्य: धितोपत्रको मूल्य निर्धारण कालागि योग्य संस्थागत लगानीकर्ताहरूबाट प्राप्त अभिप्राय मूल्य समीक्षा गरेर आधार मूल्य निर्धारण गर्ने गरिन्छ। आधार मूल्य तोकिसके पछि, धितोपत्रको लागि मूल्य सीमा निर्धारण गरिन्छ।

अधिकतम मूल्य: अधिकतम मूल्य भन्नाले धितोपत्रको मूल्यको लागि उच्चतम सीमा हो, जसमा योग्य संस्थागत लगानीकर्ताहरूले सेयरको लागि बोलपत्र पेश गर्न सक्छन्। उदाहरणका लागि, रु ४०१-६०१ को मूल्य दायरामा,अधिकतम  मूल्य रु ६०१ हुनेछ ।

फ्लोर मूल्य: यसले आईपीओमा बोलपत्र पेश गर्नको लागि लागु हुने न्यूनतम मूल्य थ्रेसहोल्डलाई जनाउँछ। अघिल्लो उदाहरण अनुरुप, फ्लोर मूल्य रु ४०१ हुनेछ ।

कट-अफ मूल्य: कट-अफ मूल्य भनेको योग्य संस्थागत लगानीकर्ताहरूले बोलपत्र राखिसकेपछि निर्धारण गरिएको न्यूनतम बिक्री मूल्य हो। यदि कुनै पनि बोलपत्रले कट-अफ मूल्य भन्दा कममा सेयर माग गरेमा, सो लगानीकर्तालाई सेयर बाँडफाँड गरिदैन ।

अब हामी, हामीसंग बुक विल्डिंग विधि र यस प्रक्रियाका मुख्य शब्दावलीको ज्ञान भएकाले यस प्रक्रियालाई नजिकबाट बिस्तृत रुपमा नियाल्नेछौ र यसलाई नेपालमा वास्तवमा कसरी कार्यान्वयन गरिन्छ भन्नेबारे बुझ्नेछौ ।

नेपालमा विद्यमान बुक विल्डिंग प्रक्रिया

बुक विल्डिंग निर्देशिका,२०७७  ले बुक बिल्डिङ विधिद्वारा आईपीओ जारी गर्नका लागि अपनाउनुपर्ने विशेष प्रक्रियाहरू उल्लेख गरेको छ। निर्देशिका अनुसार कार्यविधि के कस्त्ता रहेका छन् हेरौं:

१.   निष्कासन तथा बिक्री प्रबन्धक संग सम्झौता: 

निर्देशिकाको पालना गर्दै बुक बिल्डिङ विधि मार्फत धितोपत्र जारी गर्न चाहने संस्थाले यस विधिबमोजिमको काम सम्पन्न गर्न बोर्डबाट इजाजतपत्र प्राप्त निष्काशन तथा बिक्री प्रबन्धकसँग सम्झौता गर्नुपर्नेछ।

२. प्रारम्भिक विवरणको सिर्जना, छलफल र अभिप्राय मूल्य प्राप्ती: 

कम्पनीले प्रारम्भिक विवरण तयार गर्न  जारी तथा बिक्री प्रबन्धकसँग अनिवार्य रुपमा परामर्श लिनु पर्ने हुन्छ । त्यसपछि, कम्पनीले योग्य संस्थागत लगानीकर्ताहरूलाई आमन्त्रित गरेर प्रारम्भिक विवरणमा केन्द्रित रही छलफल कार्यक्रम सञ्चालन गर्नु पर्ने हुन्छ । यस संगै निष्कासन तथा बिक्री प्रबन्धकको सहयोगमा खरिद गर्नुपर्ने न्यूनतम संख्या, अभिप्राय मूल्य र यसको मूल्याङ्कन विधिलगायत प्रारम्भिक विवरणपत्रका सम्बन्धमा योग्य संस्थागत लगानीकर्ताहरूबाट प्रतिक्रिया कम्पनीद्वारा लिइन्छ।

३.  थ्रेसहोल्ड मूल्य निर्धारण तथा बोर्डमा आवेदन:

कम्पनीले योग्य संस्थागत लगानीकर्ताहरूबाट प्राप्त अभिप्राय मूल्य समीक्षा गरी धितोपत्रको आधार मूल्य तोक्नुपर्दछ । त्यसपछि, धितोपत्रको लागि थ्रेसहोल्ड मूल्यको निर्धारण गरिन्छ । माथिल्लो थ्रेसहोल्ड मूल्य आधार मूल्यमा २० प्रतिशत थपेर गणना गरिन्छ, र तल्लो थ्रेसहोल्ड मूल्य २० प्रतिशत घटाएर निर्धारण गर्ने गरिन्छ। अन्त्यमा बुक-बिल्डिङ विधि मार्फत धितोपत्र दर्ता र जारी गर्न कालागि विवरणपत्र सहित थ्रेसहोल्ड मूल्य तोकेर बोर्डमा आवेदन पेश गर्नुपर्छ।

४.  बोर्डको स्वीकृति पश्चात, योग्य संस्थागत लगानीकर्तालाई (QIIs) औपचारिक बोलपत्रको आमन्त्रण:

बिक्री प्रबन्धकले सबै योग्य संस्थागत लगानीकर्तालाई बोलपत्र प्रक्रियामा भाग लिन आह्वान गर्नुपर्दछ र सोहि अनुरुप योग्य संस्थागत लगानीकर्ताहरूले बिक्री मूल्यको थ्रेसहोल्ड भित्र रही धितो खरिदका लागि आवेदनहरू पेश गर्दछन् । योग्य संस्थागत लगानीकर्ताले जारी गरेको कुल धितोपत्रको २० प्रतिशतभन्दा बढीको नहुने गरी धितोपत्र खरीद कालागि प्रस्ताव पेश गर्न सक्नेछन् ।

५.  कट-अफ मूल्य निर्धारण अनि  योग्य संस्थागत लगानीकर्तालाई  शेयर बाँडफाँट:

योग्य संस्थागत लगानीकर्ताहरूका लागि जारी धितोपत्रको कट-अफ मूल्य निर्धारण गर्ने कार्य स्टक एक्सचेन्जले गर्नेछ। योग्य बोलपत्रदाताहरूको छनोट गरी उच्चतम बोललाई प्राथमिकता दिँदै कट-अफ मूल्य सम्ममा धित्रोपत्र बाँडफाँट गरिदै लगिनेछ । कट-अफ मूल्यले भने यहाँ धित्रोपत्र बाँडफाँट गरिने न्यूनतम मूल्यलाई जनाउछ । यदि योग्य संस्थागत लगानीकर्ताबाट आएको बोल, कट-अफ मूल्य भन्दा कम छ भने,  बाँडफाँट सो लगानीकर्तालाई गरिदैन । कट-अफ मूल्यमा सबै आवेदकहरूको माग पूरा गर्न, बाकीं रहेको इकाइ अपर्याप्त भएको अवस्थामा, बाँडफाँट: प्रो-राटा आधारमा हुनेछ।

६. कट-अफ मूल्य भन्दा १०% कममा सर्वसाधारण कालागि निष्काशन:

कट-अफ मूल्य निर्धारण गरी योग्य संस्थागत लगानीकर्ताहरूलाई सेयर बाँडफाँड गरिसकेपछि, कम्पनीले सर्वसाधारणलाई धितोपत्र जारी गर्ने प्रक्रिया आगाडि बडाउदछ । सर्वसाधारण कालागि भने कट-अफ मूल्यभन्दा १० प्रतिशत कममा हुन आउने मूल्य लागु हुन्छ । साथै  प्रत्येक आवेदक न्यूनतम पचास सेयर बाँडफाँडको हकदार हुने कुरा उल्लेख गरिएको छ ।

यहाँसम्म आइपुग्दा हामी सम्पूर्ण बुक विल्डिंग प्रक्रियाबारे स्पष्ट भएका छौँ तर सायद तपाईं अहिले यो ‘कट-अफ’ मूल्यको निर्धारण कसरी हुन्छ भन्नेबारे जान्न उत्सुक हुनुहुन्छ । त्यसोभए, उदाहरण प्रयोग गरेर कट-अफ मूल्य कसरी निर्धारण गरिन्छ हेरौं है त् ।

कट-अफ मूल्य निर्धारणको उदाहरण:

उदाहरणको रूपमा, XYZ कम्पनीले सेयर जारी गर्नका लागि बुक विल्डिंग प्रक्रियालाई आपनाएको मान्नुहोस् । यदि योग्य संस्थागत लगानीकर्ताहरूलाई १०,००,००० शेयर बाँडफाँड गरिएको छ, र बोलपत्र प्रक्रिया मार्फत आवेदनहरू प्राप्त भएमा, तल दिइएको तालिकाको आधारमा कट-अफ मूल्य निर्धारण गरिनेछ।

निष्कर्ष:

धितोपत्र निष्कासनमा बुक विल्डिंग विधिले संस्थागत र सर्वसाधारण लगानीकर्ता दुबैको सक्रिय सहभागितालाई प्रोत्साहित गरी धितोपत्रको सहि मूल्य पहिचान गर्ने कार्यलाई सहज बनाउँछ । यस विधिले कम्पनीहरूलाई पूँजी जुटाउन मद्दत पुर्याउने मात्र नभई बोलपत्र प्रणालीको मार्फत पारदर्शिता र प्रतिस्पर्धात्मकतामा पनि सुधार ल्याउदछ । विशेष गरी नेपालको सन्दर्भमा, यसले वास्तविक क्षेत्रका कम्पनीहरूलाई पूँजी बजारमा प्रवेश गर्न प्रोत्साहित गर्ने सम्भावना देखिन्छ । तर, सर्वसाधारण लगानीकर्ताहरूका लागि भने अंकित मूल्यभन्दा माथि शेयरको लागि आवेदन दिन र न्यूनतम पचास इकाईको माग गर्नु पर्ने बाध्यता पूरा गर्न आर्थिक हिसाबले चुनौतीपूर्ण हुन सक्छ। साना लगानीकर्ताहरूसंग सीमित रकम उपलब्ध हुने भएकाले यो नियम बाधक बन्न सक्नाले बुक बिल्डिङ आइपीओ आवेदन गर्ने उत्साह कम हुन सक्छ  भनेर मान्न सकिन्छ । यद्यपि, सकारात्मक पक्ष चाहिं के भन्दा, बुक-बिल्डिङ प्रक्रिया अनिवार्य छैन र ठूलो संख्यामा कम्पनीहरूले अझै पनि रू. १०० मै  आईपीओ निष्काशन गर्ने छन् । 

यस नयाँ प्रणाली प्रति तपाईंको धारणा के छ ? के तपाईं आशावादी हुनुहुन्छ कि यो प्रणालीले बजारलाई अझ प्रभावकारी बनाउनमा योगदान पुर्याउनेछ ? तलको कमेन्ट बक्समा आफ्नो टिप्पणी राख्न नछुटाउनु होला है ।

Tags:

बुक विल्डिंग प्रक्रिया


Leave a comment on this post

Comments

B

Basant Bk

Thanks

K

Kamal Khanal

Thanks for information

B

Bedanta Bishnu

Thanks

G

Ghalan P.K

Thank you for all these information

H

Heman Gyangmi

Thank you video pani banai dinu hai

-

- -

jeen

S

Surendra B.Chettri

Thanks

K

Kamal Rawat

Thanks

S

Shivanath Prajapati

Thank you sir 🙏

P

Prem Kafle

good job

S

Samsher Miga

Good

B

Bhisan K.C

Thank you sir

D

Dp Pandey

No understand

A

Ashok Adhikari

GOOD .

U

Umesh Shahi

Thanks

S

Sonam Tamang

I think book building is the best option for upcoming share market.

R

Roshan Lama

👍️

-

- -

Prefect explanation ⭐️⭐️

S

Shyam Chaudhary

Thanks

S

Shatrodhan Thakur

🎢

R

Raj Baniya

Thanks

M

Mir Thapa

Nc

T

Tulasa Neupane

Sir yo book building bata aayeko share Listing vayekai dinn bata Sell garna milxa ki kei Lock-in period jasto kei xa?.

M

Madan Muna

Wow

P

Pasang Tamang

thank you

D

Dev Kafle

Thank you

P

Prabin Rai

Paxi cash dividend dinu paro vane hamile kineko base price 360 ma dinxa ki 100 ko value ma aru company le jastai? Tyo chai clear garnu paro. Main news chai xena hawama information dine?

M

Mandip Rasaili

Yo secondary ma aayesi bechna tatkal milxa mildeina hami narmal harule kasaile vanxan 3 4 barsha paxi matra milxa vanera

G

Gyanendra Mandal

Good information.

H

Hemant Giri

Yo prakriyale lagaikartalai dubauxa

R

Ramesh Pokhrel

Good information

B

Bibek Mahat

good information

S

Sunil Kushwaha

Good information

S

Shambhu Shambhu

Good information

L

Lok Bahadur Khand

No good for public

L

Lok Bahadur Khand

Wrong method for public

श्याम रिमाल

sana lagani karta ra students harule ipo varthe tyo chai middle-class family lai lasama sun xa kaan mero buchai vaneko jasto hunevo ipo varnai 18000 lagesi ghar chalaune ki ipo varne .........?

J

Jhup

Right bro

P

Purna Nepali

Secondary market ma up nai Jane ho ki down hunchha hola ?

S

Santosh Kc

What is the method of calculation for base price ??

D

Dalia Sapkota

Good

N

Nature, Nepal

Talika nai galat cha

logo

Related Article

image

Finance

Reading time : 7 mins

What is Short Selling in Stock Market?

image

Finance

Reading time : 8 mins

Travel Finance 101: Essential Tips for Budget-Friendly Trips

image

Finance

Reading time : 7 mins

Personal Finance Management: Planning for Retirement at Every Age

image

Finance

Reading time : 4 mins

IMF to Audit 10 Largest Nepali Banks

image

Finance

Reading time : 4 mins

Staying Focused in the Chaotic Trading World

image

Finance

Reading time : 6 mins

Scan and Pay between India and Nepal !

image

Finance

Reading time : 8 mins

Bitcoin Halving 2024: Price Implications, Market Dynamics, and Historical Context

image

Finance

Reading time : 12 mins

सेयर धितो कर्जा जता जता; बजार त्यतै त्यतै !!

image

Finance

Reading time : 7 mins

Are you Revenge Trading? STOP NOW !!!

image

Finance

Reading time : 5 mins

Desperation Leads to Destruction: Here’s How ?

image

Finance

Reading time : 8 mins

Struggling to make Buy/Sell Decisions? You might have Analysis Paralysis !!!

image

Finance

Reading time : 15 mins

बाहिरियो ‘आजियाटा’ : लगानीको वातावरण खराब कि नियत ?

image

Finance

Reading time : 9 mins

A Simplified Guide to Book Building Method

image

Finance

Reading time : 10 mins

Should You Get A Credit Card?

image

Finance

Reading time : 7 mins

Zero to Million - Yes it's Possible !

image

Finance

Reading time : 17 mins

नेप्से: अनि उकाली - ओराली

image

Finance

Reading time : 6 mins

Frugality: An Unpopular Yet Effective Method for Building Wealth

image

Finance

Reading time : 9 mins

Easy-to-Start Side Hustles for Beginners

image

Finance

Reading time : 5 mins

10 Practical Budgeting Tips to Help Manage Your Money

image

Finance

Reading time : 6 mins

Protect Your Financial Future: The Vital Role of an Emergency Fund

image

Finance

Reading time : 6 mins

Maximizing the Benefits of Loans: A Guide to Strategic Borrowing

image

Finance

Reading time : 5 mins

Mastering Your Emotions: A Guide to Successful Investing in the Stock Market

image

Finance

Reading time : 4 mins

NEO BANK CONCEPT