Ideapreneur Gyan > 

नेप्से: अनि उकाली - ओराली

नेप्से: अनि उकाली - ओराली

Stock Market

logo

Ideapreneur Nepal

Created on : 

2023-10-16

Download our app for a smooth experiencePlay store imageApp stoer image

Total Views:

829 views

Featured Image

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले यसको विश्वव्यापी समकक्षहरूको तुलनामा छोटो भए पनि हालसम्म आइपुग्दा निकै नै गतिशील यात्राको तय गरेको छ । नेपालको एकमात्र स्टक एक्सचेन्जको रूपमा १९९३ मा स्थापित, नेप्सेले म्यानुअल ओपन क्राइ जस्ता विधिहरू प्रयोग गर्दै, केवल ३७ कम्पनीहरूको सूचीको साथ सन् जनवरी १३, १९९४ मा आधिकारिक रूपमा सेयर कारोबार सञ्चालन गरेको थियो । यद्यपि, २०२३ सम्म आइपुग्दा नेप्से २८० सूचिकृत कम्पनीहरू सहित आधुनिक सेयर कारोबार प्लेटफर्ममा परिणत भएको छ । यसले स्वयम् नेप्सेको विकास मात्र नभएर नेपाली बजारमा बढ्दो लगानीकर्ताहरूको चासोलाई पनि झल्काउँछ । सेन्ट्रल डिपोजिटरी सर्भिसेज एण्ड क्लियरिङ लिमिटेड (CDSC) को हालैको तथ्यांकले नेपालमा डिम्याट खाता हुनेहरुको संख्या ५९ लाख नाघेको देखाएको छ ।  

नेप्सेको तुलनात्मक रूपमा छोटो अस्तित्व भए पनि, नेपालको शेयर बजारले धेरै महत्त्वपूर्ण बुल र बियर बजार चरण अनुभव गरिसकेको छ । यसको स्थापनाकाल देखिनै, नेप्सेले चार उल्लेखनीय बुल  र त्यसै अनुरुप चार बियर चरण अनुभव गरिसकेको देख्न सकिन्छ । बजारका यी विभिन्न उतार-चढ़ावहरू क्रमिक रुपमा सन् २०००, २००८, २०१६, र २०२१ मा देखा परेका थिए । 

आजको यस लेखमा हामीले बुलिश र बियरिश प्रवृत्तिका विभिन्न चरणहरू अनावरण गर्दै नेप्से सूचांकको चाखलाग्दो इतिहासको खोज गर्नेछौं । साथ-साथै, हामीले वित्तीय बजार र बृहत् आर्थिक अवस्थाहरू बीचको जटिल अन्तर्क्रियामा प्रकाश पार्दै यी उतार-चढ़ावहरूलाई प्रेरित गर्ने अन्तर्निहित आर्थिक र राजनीतिक शक्तिहरूको विश्लेषण गर्नेछौं । 

सन् १९९९

सन् १९९९ मा, नेप्से इन्डेक्सले बुलिश ट्र्याजेक्टोरीमा प्रवेश गरेको थियो र सूचांक साढे दुई वर्षमा नै तीन गुणा बढी, नोभेम्बर २००० मा ५४५.८२ को कीर्तिमानी उचाइमा पुग्यो। तर, १८ महिनाको छोटो अवधिमा नै नेप्से ओरालो लागेको थियो १८६.२२ अंकमा झरेको सूचकाङ्कलाई आफ्नो अघिल्लो शिखरमा पुन: दावी गर्न थप पाँच वर्ष लाग्यो।

सन् २००० मा भएको  नेप्से सूचांकको  गिरावटको पछाडि प्राथमिक उत्प्रेरक मध्ये एक नेपालको कुल ग्राह्यस्थ उत्पादन (जीडीपी) वृद्धि दरमा आएको गिरावट थियो। सन् १९९४ देखि १९९९ सम्म मुलुकले औसत ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गरेको थियो । यद्यपि, २००० मा, जीडीपी वृद्धिदर घटेर ४.८०% मा पुगेको थियो, त्यसपछि २००१ मा भएको तीव्र गिरावटका कारण जीडीपी ०.१०% मा सिमित हुन पुगेको थियो ।

त्यस बखत नेपालको कुल ग्राह्यस्थ उत्पादनमा मुख्य रुपमा योगदान पुर्याउने कृषि क्षेत्र, प्रतिकूल मौसमी अवस्था र आधुनिक सिँचाइ सुविधाको अभावका कारण कमजोर उत्पादकत्वबाट ग्रस्त भएको देख्न सकिन्छ ।

यससँगै नेपाल सिंगो राष्ट्रनै गृहयुद्धको चपेटामा परेका कारण आम जनमानसले ज्यान गुमाउने देखि लिएर सार्वजनिक सम्पत्तिको गैरकानूनी कब्जा गरिने जस्ता कुरा देखा परेका थिए । राजनीतिक अस्थिरता र असुरक्षाका कारण सरकारले आर्थिक विकासमा नभई नागरिकको संरक्षणमा आफ्नो ध्यान केन्द्रित गर्न बाध्य हुनु पर्ने अवस्था सिर्जना भएको थियो जसका कारण  पर्यटन लगायतका विभिन्न क्षेत्रमा भारी मात्रामा असर पुग्न गएको देख्न सकिन्छ । 

यी बहुपक्षीय चुनौतिले निम्तिएको उत्पादन मुलक क्षेत्रहरुमा उत्पादनको तिब्र कमी, जीडीपी वृद्धिदरमा सुस्तता जस्तै अन्य थुप्रै समपुरक तत्वका कारण सेयर बजारप्रति लगानीकर्ताको निराशाजनक भाव देखा परेको  थियो । 

सन् १९९६ मा सुरु भएर २००६ सम्म चलेको जनयुद्ध, सन् २००० मा नेप्समा आएको मन्दीको प्रमुख चालकको रूपमा देखा पर्‍यो । अस्थिर राजनीतिक र आर्थिक वातावरण सिर्जना भएकाले लगानीकर्ता सेयर बजारमा थप लगानी गर्न निरुत्साहित हुनु स्वभाभिक नै थियो । लगानीकर्ता आफुसंग भएको सम्पत्ति बढाउनु भन्दा पनि भएको धेरै थोरै पुँजीलाई जोगाएर राख्न केन्द्रित रहेको देख्न सकिने अवस्था थियो। 

सन् २००६ 

एक दसक लम्भिएको जनयुद्धको अन्त्यसंगै लगानीकर्ताहरुमा सेयर बजार प्रति फेरी सकारात्मक आशा अनि उर्जा थपिएको थियो । विशेष गरी राष्ट्रिय विकासलाई फेरी तिब्र गतिमा चलायमान बनाउन थालनी गरिएको ३ वर्षिय बजटीय योजनाका कारण । 

निरन्तर भैरहेको सरकार परिवर्तन र संविधानका लागि भैरहेको भागदौडका कारण सन् २००६ मा बजारले लिएको गति सन् २००८ अगस्टमा नेप्सेले ११७५ को सिमा छोएपछि समाप्त भएको थियो ।

द्वन्द्वकालका बखत ग्रामीण क्षेत्रबाट सहरी क्षेत्रमा बसाइ सर्नेहरुको संख्यामा अचानक भएको वृद्धिले घरजग्गा जस्ता सम्पत्तिको मूल्य अपत्यारिलो तवरले बढाएको थियो । बैंकहरूले सक्रिय रूपमा रियल इस्टेट लगानीलाई प्रोत्साहन दिएका थिए जसका कारण कर्जा डिफल्टमा बृद्धि हुन पुग्यो। फलस्वरूप, बैंकहरू संग रहेको तरल सम्पत्ति गैर-बैंकिङ भौतिक सम्पत्तिमा परिणत गरिनु पर्ने बाध्यात्मक अवस्था सिर्जना भयो । 

कर्जाको बढ्दो मागले ब्याजदर तिब्र रुपमा बढाउने र बैंकिङ क्षेत्रमा रहेको तरलतालाई ठुलै धक्का पुर्याउने काम गर्यो । तपाईं हामीलाई थाहा भएकै कुरा, ब्याजदर र सेयर बजार बीच सधैं विपरीत सम्बन्ध हुने गरेको छ । ब्याजदर बढ्दा बजार घट्ने र ब्याजदर घट्दा बजार बढ्ने हामीले सधैंजसो देखि आएको नै कुरा हो । परिणाम? लगानीकर्ताहरू सेयर बजारबाट बाहिर निस्किदा र मुद्दती निक्षेपमा आफ्नो लगानी सुरक्षित  हुने भन्दै मुद्दती तर्फ चासो बदाउदा नेप्से सूचकांकमा गिरावट आयो।

नेपालमा लगानीका विकल्पहरू सीमित छन्, मुख्य रूपमा तीन प्रमुख क्षेत्रहरू: सेयर बजार, घरजग्गा र मुद्दती निक्षेप । यस्का कारण पनि घरजग्गा प्रति पुँजी बढ्दै र साना, ठुला र संस्थागत सबै किसिमका लगानीकर्ता माझ सेयर बजार प्रतिको आकर्षण घट्दै गएकाले पनि नेप्से सूचांक घट्नुमा थप मद्दत पुगेको थियो । 

२००७ मा ६.१० % मा सिमित रहेको नेपालको कुल ग्राह्यस्थ उत्पादन वृद्दिदर २००८ सम्म आइपुग्दा  घटेर ४.५०% र २००९ मा भने ४.८०% मा सिमित हुन पुगेको थियो  । नेप्से गिरावटको मुख्य कारण नै रियल एस्टेटको बढ्दो माग र ब्याजदरको चरम वृद्धि बन्न गयो ।  

नेप्सेलाई पुन उक्लिन चार वर्ष र १,१७५.३८ अंकको उच्च विन्दु पार गर्न ६ वर्ष लाग्यो ।  

२०१५ अनि भूकम्प 

२०१५-२०१६ को अवधिमा नेपाली पुँजी बजार बुम र बस्ट दुवैलाई प्रेरित गर्ने घटनाहरूको शृङ्खलासँग जुध्यो। २०१५ मा आएको भूकम्पले खासगरी घर जग्गा क्षेत्रलाई असर गरेका कारण सबै नेपालीको ध्यान अरुनै क्षेत्रमा मोडिन पुग्यो र ब्याजदरमा तिब्र गिरावट देखियो ।  

कर्जा अनि मुद्दती निक्षेपमा भएको ब्याजदर गिरावटले पुन एकपल्ट लगानी कर्ता मुद्दती बचत अनि घरजग्गा दुवै तर्फ अनाकर्षित हुन पुगे । नतिजा ? बजारले  पुँजीको प्रवाह संगै जुलाई २०१६ मै  १,८८१ बिन्दुको शिखर टेक्न सफल भयो ।  

यति बेला लगानीकर्ता बैंकबाट ऋण लिएर भए पनि बजारमा लगानी गर्न नहिच्किचाएको अवस्था थियो किनकि पुँजी बजारले दिने प्रतिफल परम्परागत मुद्दती बचतले भन्दा निकै धेरै हुने कुरामा दुई मत नै थिएन । 

यद्यपि, सीमा नाकाबन्दीका कारण राष्ट्रको समग्र उत्पादकता घट्यो, शेयर बजारको उछालका बावजुद २०१५ मा जीडीपी वृद्धि ०.४०% मात्रैमा सिमित भएको थियो। बिगतलाई पल्टाएर हेर्दा त्यस बेला सिथिल जीडीपी वृद्धिका कारण देशको अन्तरिक माग पनि सुस्ताएको देख्न सकिन्छ । 

दुई दशकै उच्चतम वृद्धि दरलाई उछिन्दै २०१६ मा देशको जीडीपीले ६.९०% मा छलांग मारेको थियो । भूकम्पपछि विशेष गरी निर्जीवन बीमा र जीवन बीमा क्षेत्रमा नयाँ वित्तीय संस्थानको उदय भएको थियो, र देशमा नीति तथा आर्थिक स्थिरतामा पनि सुधार देखिएको थियो।

वित्तीय क्षेत्रमा बढेको यो प्रतिस्पर्धा आकर्षक निक्षेप दरमा परिणत हुन पुग्यो। संस्थाहरू पनि पूर्णरुपमा ग्राहकको  खोजीमा भएकाले त्यो बेला ऋणको ब्याजदर पनि अकस्मात्  बढ्न पुगेको थियो ।

उच्च ब्याजदरका कारण लगानीकर्ताहरु कर्जा लिएर सेयर बजारमा पैसा लगाउन एक पल्ट फेरी निरुत्साहित भएको अवस्था थियो र साथै बजारबाट हुने प्रतिफल र बैंकबाट आउने प्रतिफल उस्तैनै हुन पुगेकाले पनि लगानीकर्ताले सेयर बजारमा जोगीम लिन चाहेनन् । 

पूँजी बिस्तारै ठूला वाणिज्य बैंकहरूको तरलतालाई असर गर्दै लघुवित्त संस्था र सहकारी लगायत अन्य साना वित्तीय संस्थाहरूमा फैलियो। सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापना गरी भूकम्पपछिको पूर्वाधार पुनर्निर्माणलाई तीव्रता दिएको थियो । यसले बैंक तथा वित्तीय संस्थामा तरलता संकट निम्त्यायो जसले गर्दा पनि कर्जाको ब्याजदर बढ्न पुगेको थियो भन्न सकिन्छ । 

सरकारद्वारा लिइएको वित्तीय संस्थाहरूको संख्या घटाउने उद्देश्यले पनि २०१६ मा बजारलाई बुलिस देखि बियरिसतर्फ धकेलिन उत्प्रेरित गर्यो । बढ्दो ब्याजदर र बजारमा तरलताको अभाव २०१६ नेप्से क्र्यासका प्राथमिक कारकहरू थिए।

कोरोना अनि सेयर बजारको लर्को 

कोभिड-१९ महामारीको अभूतपूर्व पृष्ठभूमिमा, लगानीकर्ताको नयाँ आशावाद, आर्थिक पुनरुत्थानको प्रतिबद्धता र सरकार र केन्द्रीय बैंकले चालेका प्रशंसनीय कदमहरूबाट प्रेरित भएको नेप्सेले असाधारण वृद्धि अनुभव गरेको हामीले पाएका थियौं । सुरुमा, महामारीले अनिश्चितता अझ बढाएको भएता पनि सफल खोप अभियानहरू र सरकारद्वारा गरिएका सक्रिय सकारात्मक हस्तक्षेपहरूबाट उत्साहित भएका लगानीकर्ताहरू माझ बजार प्रतिको विश्वास पुनः जागृत भएको थियो । 

यस चरणमा, लगानीकर्ताले सम्भवत: आर्थिक रिकभरीलाई सकारात्मक दृष्टिकोणलाई अँगाले र सक्रिय रूपमा लगानीका अवसरहरू खोजेका थिए । नेपाल  सरकार र नेपाल राष्ट्र बैंकद्वारा देशको आर्थिक अवस्था सुधार्नका निम्ति विभिन्न कसिमका मौद्रिक तथा वित्तीय नीति साथै ब्याजदर कम गर्ने, बजारमा सो बेला विधमान रहेको तरलताको अभाव कम गर्ने हेतुले मौद्रिक आपूर्ति बढाउने जस्ता कार्य गरिएको थियो । यी नीति नियमले लगानीकर्ता माझ सकारात्मक उर्जा थपेको थियो जसका कारण पनि नेप्सेले बुल र्याली तय गर्यो । साथै न्युन ब्याजदर र बजारमा रहेको चरम तरलताले पनि  सेयर बजार उकाल्न उत्प्रेरक भूमिका खेलेको थियो । 

खास गरि, बैंक तथा वित्तीय संस्थाहरूमा कर्जाको माग नहुँदा र तरलता भारि मात्रमा भैदीदा बैंकहरु ऐतिहासिक न्यून ब्याजदरमा लगानीकर्ताहरूलाई मार्जिन कर्जा दिन बाध्य भएका थिए । 

कोभिड -१९ महामारीले व्यवसाय र आर्थिक गतिविधिहरूमा व्यापक अवरोध निम्त्याई सरकारलाई लकडाउन लागू गर्न र आवतजावतमा प्रतिबन्ध लगाउन प्रेरित गर्‍यो । यसले मानिसहरूलाई वैकल्पिक आम्दानीका स्रोतहरू खोज्न बाध्य तुल्यायो, अनि अन्तत सेयर बजारले नै सबैको ध्यानाकर्षण गर्यो  । 

यससँगै, लकडाउनले विकास आयोजनाहरू ठप्प पारेको थियो र पेट्रोलियम पदार्थको मूल्य घट्न पुग्यो । चौतर्फी रुपमा थुप्रै वस्तुको मूल्य घट्नुका साथै अत्यावश्यक बाहेकका वस्तुको आयातमा पनि रोक लगाइएको थियो । 

जे होस्, बजारमा देखिएको पछिल्लो गिरावट भने प्रारम्भिक र्यालीलाई टेम्पर गर्ने कारकहरूको अभिसरणको परिणाम थियो । पुनः एकपल्ट बजारमा देखिन थालेको तरलताको अभावले पनि सेयर मूल्य अझ तल गिराउन मद्दत  पुर्याएको हो भन्न सकिन्छ । कर्जा उपलब्धतामा कडाइले व्यवसाय र वित्तपोषण खोज्ने व्यक्तिहरूका लागि चुनौतीहरू निम्त्याई दिदा ऋणको मागमा पनि संकुचन देखा परेको थियो । उच्च मुद्रास्फीतिको स्तर र मुद्रास्फीतिको दबाबलाई कम गर्ने उद्देश्यले ल्याइएका विभिन्न मौद्रिक नीतिहरूले गर्दा पनि झन् यो अवस्था जटिल बन्न पुग्यो । साथै, शेयर ऋणमा व्यक्तिगत तथा पारिवारिक सीमाहरू तोकिएकाले पनि बजारको बियरिस सेन्टिमेन्टलाई बढावा दिएको थियो । 

नेप्सेमा लामो समयदेखि रहिहेको बियरिस सेन्टिमेन्टको कारक मुख्य रूपमा क्रेडिट मागमा भएको संकुचनलाई मान्न सकिन्छ जसले हालसम्म पनि सेयरको मूल्यमा निरन्तर दबाब दिइरहेको छ। ऋण सुरक्षित गर्न बाधाहरू सामना गरिरहेका व्यवसायहरू र व्यक्तिहरूले आफ्नो लगानी गर्ने क्षमता निकै नै खुम्चिएको महसुस गरिरहेका छन् । लगानीकर्ताको बजार प्रतिको विश्वास प्रभावित भएकाले पनि विधमान बियरिस सेन्टिमेन्ट कायम रहनामा थप योगदान पुगेको हो । राष्ट्र बैंकद्वारा ल्याइएका मौद्रिक नीतिहरूको परिणामस्वरूप रहेको उच्च-ब्याज दरको वातावरणले पनि यो सेन्टिमेन्टलाई लम्बाई रहेको देख्न सकिन्छ । 

यी कारकहरूको निरन्तर उपस्थितिले नेप्सेमा दिगो रिकभरीका लागि चुनौतीहरू खडा गरेको छ।

बजारको बियरिस सेन्टिमेन्टका साथै प्रचलित समष्टि आर्थिक अवस्थाले दिगो रिकभरीको आशा गर्ने लगानीकर्ताहरूका लागि महत्त्वपूर्ण चुनौतीहरू खडा गरेको पाइन्छ । 

यधपी, शेयर बजारको बुलिस चरण यसपाली भने अल्पकालिन रह्यो । नेपाल राष्ट्र बैंक  को कडा मौद्रिक नीति र शेयर कारोबार सम्बन्धी बैंक तथा वित्तीय संस्थाहरूमा लगाइएको प्रतिबन्ध लगायतका केही कारणले बजारमा  गिरावट आएको हो । यी नीति नियमले हाल बजारका ठुला लगानीकर्ताको पनि बजार प्रतिको आत्मविश्वास घटाएको अवस्था छ ।

लौ आयो ४/१२ ! 

आर्थिक वर्ष २०७८/७९ मा राष्ट्र बैंकले सेयर धितोमा कर्जाको लागि रु ४/१२ करोडको कर्जा सीमा लागू गरेको थियो । कर्जा सिमाको नीतिले बजारलाई ठुलै धक्का पुर्याएको हो भनेर त हामी सबैलाई थाहा नै छ ।

यसबाहेक, महामारीका कारण नेपालको अर्थतन्त्रमा उल्लेखनीय असर पुगेको हो, जसले आजसम्म पनि  धेरै कम्पनीहरूको संचालनमा प्रतिकूल प्रभाव पारिरहेको छ । मुख्य रुपमा बैंकिङ क्षेत्रमा तरलताको कमी र कडा मौद्रिक नीतिले बजारमा लगानीकर्ताको विश्वासलाई दबाएको महसुस गर्न सकिन्छ । थप, नेपालमा लकडाउन खुकुलो र आयात सुचारु भएसंगै बढ्दो मुद्रास्फीतिले लगानीकर्ताहरूको क्रयशक्तिमा कमी  ल्याएको छ र उनीहरू सेयर बजारमा लगानी गर्न हिचकिचाइ रहेका छन् ।

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धिले वस्तु-भाउको मूल्य बढेको हुदा सेयर बजार तथा अन्य क्षेत्रमा लगानी गर्ने लगानीकर्ताको क्षमतामा कमी आएको हो । ७/८ प्रतिशतबाट १४/१५ प्रतिशतमा चर्को ब्याजदर बढेकाले हालको  अवस्था झनै बिग्रिएको छ । सेयर बजार र ब्याजदर बीच उल्टो सम्बन्ध हुने भएकाले हाल लगानीकर्ताले मुद्दती निछेपमा आफ्नो पुँजीलाई संगालेको अवस्था छ ।

बैंकिङ क्षेत्र भित्र भएको हालकै उच्च निक्षेप वृद्धिका बिचमा बैंकहरूमा निक्षेपको रूपमा राखिएको कोष र बजार लगानी वा ऋणको लागि उपलब्ध पूँजी बीच महत्त्वपूर्ण भिन्नता रहेको बुज्नु पर्ने हुन्छ ।  यो भिन्नता, प्राय: खुद्रा लगानीकर्ताद्वारा बेवास्ता हुने गर्छ तर बजारको गतिशीलता बुझ्न यसले एक निर्णायक भूमिका खेल्ने गर्छ । निक्षेपले वास्तवमा बैंकिङ प्रणाली भित्र रहेको तरलतालाई सङ्केत गरेता पनि, स्वतः बैंकले ऋण वा बजार लगानीको लागि छुट्याउन उपलब्ध कोषमा अनुवाद गर्न भने मिल्दैन । 

वास्तवमा, वित्तीय संस्थाहरूले उनीहरूको ऋण र लगानी योग्य गतिविधिहरूमा सीमितताको सामना गर्नुपर्ने हुन्छ । अघिल्लो बुलिस बजार वृद्धिमा महत्त्वपूर्ण भूमिका खेलेको मार्जिन ऋण हाललाई भने सुस्ताएको छ । बैंकिङ विज्ञहरूसँगको छलफलले बैंकिङ क्षेत्र भित्रको रिटर्न अन इक्विटी (ROE) मा अनुमानित गिरावटको सुझाव दिएको छ, सम्भावित रूपमा 10% भन्दा कम हुन सक्ने अनुमान छ । कर्जा असुली दर कम, अतिरिक्त कर्जाको सीमित माग र विद्यमान पूँजी पर्याप्तता अनुपातका (CAR) आवश्यकताहरू पालना गर्नुपर्ने अनिवार्यता लगायत विभिन्न कारणहरूले गर्दा बैंकहरूले ऋण प्रवाह गर्न कठिनाइ सामना गरिरहेका छन् । बैंकलाई सहज कर्जाको वातावरण नहुदा कर्जा असुल गर्न असामर्थ्य भएको खण्डमा धितो लिलामी गरेर आफ्नो कर्जा तथा अन्य लागत असुल गर्न पनि कठिन हुने गर्छ ।

बैंकहरूमा प्रचुर मात्रामा निक्षेप रहेको धारणा भएता पनि, यी संस्थाहरूमा उपलब्ध ऋणयोग्य कोष सामान्यतया विश्वास गरिएको भन्दा धेरै सीमित छ। सरकारी धितोपत्रमा लगानी गरिसकेपछि, बाँकी ऋण योग्य कोष सीडी अनुपात अनुसार लगानीकर्ताहरूले अनुमान गरेको भन्दा धेरै कम हुन्छ। कतिपय अवस्थामा, बैंकहरूले सिमित कर्जा वितरण विकल्पका कारणले गर्दा ग्राहकलाई आफ्नो निक्षेप वैकल्पिक संस्थाहरूमा स्थानान्तरण गर्न विचार गर्न पनि सल्लाह दिने गर्छन । 

यी अवरोधहरूलाई ध्यानमा राख्ने हो भने,कुनै पनि बैंकसँग वास्तवमा सीमित विकल्पहरू छन् । बैंकहरु आफ्ना सहायक कम्पनीमा  लगानी मार्फत बजारमा पूँजी लगानी गर्ने अथवा स-साना ऋण वितरण गरेर खुद्रा पोर्टफोलियोहरूमा ध्यान केन्द्रित गर्ने पनि गर्दछन् । यद्यपि, व्यवसायहरूले उच्च ब्याज दरमा ऋण खोज्न हिचकिचाउने हुँदा, यसले कर्जाका अवसरहरूमा थप कठिनाइ निम्त्याउने गर्छ ।  बैंकहरूले निक्षेप घटाउने र लागत घटाउन दायित्वहरूको पुन: मूल्य निर्धारण बारे विचार गर्ने गरेको पनि पाइन्छ, तर त्यस्ता उपायहरूको प्रभावकारितामा भने बाधाहरुको ओइरो लाग्ने गर्छ । 

हालको ब्याजदर वातावरणले महत्त्वपूर्ण जोखिम निम्त्याउँछ भनेर बुझ्नु आवश्यक छ । सेयर खरिदका लागि भविष्यमा हुन सक्ने ब्याजदर कटौतीमा मात्र भरपर्दा सोचेजस्तो प्रतिफल नआउन सक्छ । धेरै मात्रमा पुँजी मुद्दती निक्षेपमा लामो समयसम्म कालागि थुप्रिने हुदा बजारमा आफुले अनुमान गरे अनुसारको ब्याजदर गिरावट झट्ट आउन नसक्ला ।

आउट राइट सेल्स बैंकहरूका लागि थप अनुकूल विकल्प बन्न सक्ने हुदा यसले निक्षेप निकासीमा तिब्र असर पर्न सक्ने हुन्छ । यद्धपी सम्भवत: यसका कारण राष्ट्र बैंकलाई भने कुनै चुनौतीको सामना गर्नु नपर्ला । यो बुझ्न जरुरी छ कि, जबसम्म लोभ र आशावाद जस्ता भावनामा उल्लेखनीय परिवर्तन देखा पर्दैन, बजारले आफ्नो अन्तिम सपोर्ट भेटाउन असम्भव छ  । नेप्सेको बिगतलाई नियालेर विस्लेषण गर्ने हो भने बियारिस बजारको अन्तिम चारणमा बजारमा आम लगानीकर्ताको सहभागिता घट्ने र मात्र केहि चुनिन्दा लगानीकर्ताहरु सक्रिय रहने देख्न सकिन्छ । 

२०२१ मा नेपाली सेयर बजारमा देखिएको र्याली मुख्यतया महामारीको कारणले बजारमा भएका अवरोधहरू द्वारा संचालित थियो, जसको परिणाम अत्यधिक तरलता र कम ब्याज दर हुन गयो । तर, राष्ट्र बैंकका नीति, आर्थिक सुस्तता, तरलता सङ्कट, मुद्रास्फीति र बढ्दो ब्याजदरले नेप्से परिसूचकमा उल्लेख्य गिरावट ल्याउन योगदान पुर्याएका छन् । 

संक्षेपमा, नेप्से सूचकांकले आफ्नो स्थापनाकालदेखि नै एक रोलर कोस्टर यात्राको अनुभव बटुलेको छ । सन् २०००, २००८ , २०१६ र २०२१ नेप्सेका धेरै उचाइ अनि सोहि अनुपातमा  गिरावटका कथासँग  जोडिएका छन् ।  १९९८  मा १५७ बिन्दुबाट सुरु भएर, बजार २००० मा ५४५ बिन्दुमा पुग्यो, त्यसपछि २००४ सम्म मन्दी देखियो। बजारले २०१२ मा २९८ मा झर्नु  भन्दा अघि २००८ मा ११७५ को उच्चतम बिन्दु हासिल गरेको थियो । २०१६ देखि २०१९ सम्म आइपुग्दा बजारमा  भारि मात्रामा गिरावट देखियो र बजार ११०४ बिन्दुमा सिमित हुन पुग्यो । यद्यपि, २०२० को सुरुदेखि नै, नेप्से सूचकांकले बुलिस र्याली सुरु गर्यो र अगस्ट २०२१ मा लगभग ३,२०० अंकको सर्वकालीन उच्चमा पुग्यो। यस पश्चात बजारमा छाएको बियरिस सेन्टिमेन्टले सूचकांक लगभग १८०० अंकमा झर्यो । गत १ वर्षमा नेप्से १८०० देखि २,२५० बिन्दुको बीचमा नै स्विंग गरिरहेको देख्न सकिन्छ भने हाल चाही नेप्से १८०० देखि १९०० को बिचमा बसिरहेको छ । दुर्भाग्यवश, नेप्सेमा टर्नओभर भने भारी मात्रामा घटेको छ । बजारको हाल सम्मकै उच्च २१ अर्ब टर्नओभरको तुलनामा हाल टर्नओभर मात्र १ अर्ब भन्दा कममा सिमित हुन पुगेको छ । 

फलस्वरूप, हाल बजार प्रतिको आकर्षण घटेको छ, र लगानीकर्ताहरूले बजारमा निष्क्रिय रहेन अडान अपनाएको देख्न सकिन्छ । हालको बजार अवस्थाले मनोवैज्ञानिक रूपमा नै लगानीकर्तालाई निरुत्साहित बनाएको छ भन्दा फरक नपर्ला ।  हालको बियरिस सेन्टिमेन्टलाई पार गरेर बजार प्रतिको आकर्षणलाई पुनः जागउन लगानीकर्ताले धेरै आन्तरिक र बाह्य चुनौतीहरुको सामना गर्नु पर्ने देखिन्छ ।

बजारले कस्तो प्रदर्शन गर्छ भन्ने कुरा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति, तरलताको अवस्था, ब्याजदर, आर्थिक वृद्धि र राजनीतिक परिदृश्यसँग अन्तर्निहित रूपमा जोडिएको हुन्छ ।  राष्ट्र बैंकले जति चाँडो बजारमैत्री नीतिहरू लागू गर्छ, ब्याजदर घटाउँछ र आर्थिक वृद्धिलाई प्रोत्साहन गर्छ, त्यति नै चाँडो नेप्से अर्को बुल र्याली  तर्फ जान सक्छ ।

हामीले नेप्से सूचकांकको विगत र वर्तमानलाई नियाल्दै गर्दा, हामी आफैलाई चुनौती र अवसर दुवैको मोडमा पाउँछौँ। आर्थिक अनिश्चितता, राजनीतिक उथलपुथल र विश्वव्यापी संकटको सामना गर्दै उभिएको नेप्सेले आफ्नो स्थापनाकालदेखि नै धेरै आँधीबेहरी झेलिसकेको छ  ।

हाल बजारमा बियरिस सेन्टिमेन्टले जरा गाडेको भएता पनि, आउने दिनहरुमा बजार नयाँ उचाइमा नपुग्ला भन्न सकिदैन । बजारको सुरुवातदेखि हालको अवस्थासम्म भएको विकासले नेपालको वित्तीय परिदृश्य भित्र विकास र समृद्धिको सम्भावनालाई जोड दिन्छ। 

आउदा दिनहरुमा नेप्सेले अझ जटिल आर्थिक तथा राजनीतिक साथै विश्वव्यापी चुनौतीहरुको सामना गर्नु पर्ने देखिन्छ । नेप्सेका आउदा दिनहरुको यात्रा अनिश्चितताले भरिएको हुन सक्ने भएता पनि, इतिहासले दर्शाएझैँ हामी सुनौलो भविस्यको कल्पना गर्दै आसावादी रहन भने अवस्य सक्छौ ।

दुवै अनुभवी र नौला लगानीकर्ताले सेयर बजारमा राख्नु पर्ने दीर्घकालीन परिप्रेक्ष्यको महत्त्वलाई सम्झनुपर्छ। नेप्सेको भावि विकास संगै, अवसरहरू देखा पर्नेछन् र विवेकपूर्ण जोखिम व्यवस्थापन र धैर्यताका साथ लगानीकर्ताहरूले यस बजारको अन्तर्निहित सम्भावनाबाट फाइदा लिन अवस्य सक्ने छन् ।

अन्तमा, नेप्सेको यात्रा नेपालको आर्थिक वृद्धिको शक्तिलाई उपयोग गर्न खोज्ने लगानीकर्ताहरूको अदम्य बिश्वास प्रमाण हो।

Tags:

नेप्से

बुलिश र बियरिश


Leave a comment on this post

Comments

R

Rajan Gautam

Nice to see all bullish and bearish date property. Thank's lot

M

Meshak Adhikari

Amazing Insight

T

Tilak

graph attachment could be better 😊

B

Bishal Poudel

मलाई यो थाहा छ कि नेप्से र शेयर मार्केटको खर्चबाट मैले आज bachelor ३ yrs को पढाइ सकी सके।शेयर मार्केट मा लगानी गर्दा सतर्क रही राम्रो शेयर मा लगानी गरी future पनि planning सुरु गरी सकेको छु ।निकै राम्रो र डाटा हरुको प्रस्तूत सही विषय पनि समय सान्दर्भिक छ।

S

Singhzz

2000, 2008,2016, 2024 Nepse feri aakash chhune bela aako xa 1800 bata 3600 poixa ready parera rakhum sathiharu🙏

S

Sheskanta Gaire

राम्रो इत्तिहास पढ्न पाइयो शेयर बजार को बारेमा 🙏🙏🙏🙏धन्यवाद moneymetra🌹🇳🇵

A

Arjun Karki

Giod one keep it uo guys

G

Gobinda Magar

Thank you sir

T

Tulasi Gurung

Thank you a lot money mitra share market itihash padna payou

G

Ganesh Khadka

Thank You For the information

L

Lagendra Limbu

शेयर बजारमा मेरो पुर्ण ज्ञ्यान नभएपनि जानकारी राम्रै लाग्यो।

👍👍

D

Dipesh Ghimire

thanks

A

Amitabh Chaudhary

Thank you

A

Arjun Adhikari

insightful article

K

Kedar Khadka

Great news

B

Bhuwan Thapa

👍️

A

Arjun Singh Saud

Thanks

L

Lekhraj Giri

tq

Y

Yuse Hang

Thakyou

Y

Yabesh Limbu

A chart could have been better

S

Sujan Katuwal

Thank you 🙏

B

Bibehi Babu

Thanks

T

Tika Karki

I like share market 👍and good information

R

Rokaya Suman

Be Positive. Be True. Be kind.💚✅ Thanks🙏🙏

B

Babu Neupane

Thanks information

K

Knowledge Nepal

🙏🙏🙏

A

A.S. Aman

thanks for writer who write about share market history

K

Karan Sitoli

👍️👍️👍️👍️

logo

Related Article

image

Finance

Reading time : 7 mins

What is Short Selling in Stock Market?

image

Finance

Reading time : 8 mins

Travel Finance 101: Essential Tips for Budget-Friendly Trips

image

Finance

Reading time : 7 mins

Personal Finance Management: Planning for Retirement at Every Age

image

Finance

Reading time : 4 mins

IMF to Audit 10 Largest Nepali Banks

image

Finance

Reading time : 4 mins

Staying Focused in the Chaotic Trading World

image

Finance

Reading time : 6 mins

Scan and Pay between India and Nepal !

image

Finance

Reading time : 8 mins

Bitcoin Halving 2024: Price Implications, Market Dynamics, and Historical Context

image

Finance

Reading time : 12 mins

सेयर धितो कर्जा जता जता; बजार त्यतै त्यतै !!

image

Finance

Reading time : 7 mins

Are you Revenge Trading? STOP NOW !!!

image

Finance

Reading time : 5 mins

Desperation Leads to Destruction: Here’s How ?

image

Finance

Reading time : 8 mins

Struggling to make Buy/Sell Decisions? You might have Analysis Paralysis !!!

image

Finance

Reading time : 15 mins

बाहिरियो ‘आजियाटा’ : लगानीको वातावरण खराब कि नियत ?

image

Finance

Reading time : 7 mins

बुक विल्डिंग प्रक्रिया : अब बुझौ सहजै

image

Finance

Reading time : 9 mins

A Simplified Guide to Book Building Method

image

Finance

Reading time : 10 mins

Should You Get A Credit Card?

image

Finance

Reading time : 7 mins

Zero to Million - Yes it's Possible !

image

Finance

Reading time : 6 mins

Frugality: An Unpopular Yet Effective Method for Building Wealth

image

Finance

Reading time : 9 mins

Easy-to-Start Side Hustles for Beginners

image

Finance

Reading time : 5 mins

10 Practical Budgeting Tips to Help Manage Your Money

image

Finance

Reading time : 6 mins

Protect Your Financial Future: The Vital Role of an Emergency Fund

image

Finance

Reading time : 6 mins

Maximizing the Benefits of Loans: A Guide to Strategic Borrowing

image

Finance

Reading time : 5 mins

Mastering Your Emotions: A Guide to Successful Investing in the Stock Market

image

Finance

Reading time : 4 mins

NEO BANK CONCEPT